Connect with us
Kapilvast Forest

वीरगञ्जमा होलीको दिन हराएका युवकको शव भेटियो

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

death

वीरगञ्ज-वीरगञ्ज महानगरपालिका– २५ का २१ वर्षीय रामा उपेन्द्र साहको शव फेला परेको छ ।वीरगञ्ज–१६ ईनर्वा स्थित सिर्सिया नदीको किनारमा पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनु भयो ।

साह ४ चैत अर्थात होलीको दिनदेखि हराएको भए पनि उहाँका बाबुले मंगलबार दिउँसो २ बजेतिर मात्रै जानकारी गराएका प्रहरीको भनाइ छ । साथीहरुसँग होली खेल्न गएको छोरा नफर्किएको भन्दै उजुरी गरेपछि प्रहरीले खोजी सुरु गरेको थियो ।

मंगलबार नै प्रहरीलाई माटो माथि हड्डी देखिएको खबर आएपछि प्रहरी टोली पुगेर उत्खनन गरेको थियो । कसैले हत्या गरेर शव गाडेको हुन सक्ने प्रहरीको आशंका छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu