Connect with us
Kapilvast Forest

नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव अर्थ मन्त्रालयमा

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

ap_NewsCenterNepal

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानको पेन्सन अवधि घटाउने प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । दुवै सुरक्षा संगठनमा प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मको पेन्सन अवधि घटाएर १६ वर्ष बनाउने प्रस्ताव बुधबार गृहमन्त्री बालकृष्ण खाँणले अर्थ मन्त्रालयमा पठाएको गृहका एक अधिकारीले बताए ।

प्रहरी कार्यालय सहयोगीको पनि पेन्सन अवधि १६ वर्ष बनाउने भनिएको छ । यसका लागि प्रहरी नियमावलीको निमय १३१ मा संशोधन गर्ने तयारी छ ।

गृह मन्त्रालयका अधिकारीहरुका अनुसार प्रस्तावमा १६ वर्ष अवधि पूरा भएपछि राजीनामा दिएर जान पाइए पनि पेन्सन चाहिँ २० वर्ष पुगेपछि मात्रै पाइने उल्लेख छ । नेपाली सेनाले पनि यही प्रावधान राखेर सैनिक जवानहरुको पेन्सन अवधि घटाएको थियो ।

विगतमा पनि पटकपटक जवानहरुको पेन्सन अवधि घटाउन माग हुँदै आएपछि आर्थिक भार बढ्ने भन्दै अर्थ मन्त्रालयले रोक लगाउने गरेको थियो । तर अहिले गरिएको प्रस्ताव मध्यमार्गी विकल्प भएकाले अस्वीकृत नहुने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अर्थमा पठाइएको प्रस्ताव अनुसार प्रहरी निरीक्षकदेखि महानिरीक्षकसम्म २० वर्ष र प्रहरी सहायक निरीक्षकदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्म १८ वर्षमा निवृत्तिभरण पाउने व्यवस्था गर्ने भनिएको छ । सशस्त्र प्रहरीमा पनि नेपाल प्रहरीको जस्तै प्रस्ताव गरिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu