Connect with us
Kapilvast Forest

एमालेले माग्यो मुख्यमन्त्री केसीको राजीनामा

२०७८, १६ चैत्र बुधबारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ । लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरेको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।

पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतको राजीनामा र ठेक्का प्रक्रिया रद्द गरेर मात्रै सरकारको कुनियत हट्न नसक्ने एमालेको ठहर छ । बुधबार आयोजित पत्रकार संसदीय संसदीय दलका उपनेता बैजनाथ चौधरीले भने, ‘ठेक्का प्रक्रियामा सेटिङ भएको भन्दै प्रदेश पूर्वाधार विकास समितिको अध्यक्षको हैसियतले यस सेटिङमा मुख्य जिम्मेवार कुलप्रसाद केसी हुनुहुन्छ ।’

कांग्रेस, जनता समाजवादी दल लगायतको समर्थनमा माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्री बनेयता लगातार विवादास्पद काम गर्नुका साथै संघीयता शासन प्रणालीप्रति वितृष्णा बढाउने एमालेको आरोप छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu