Connect with us
Kapilvast Forest

बुद्धभुमीमा १५ सैँयाको अस्पताल शिलान्यास

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

कपिलवस्तु- नगरपालिका कै गौरवाको आयोजना अन्तर्गत कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा १९ करोड बढी लागतको १५ बेडको सुबिधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ । नगरपालिका २ बडहरामा आधारभुत तहको अस्पतालको मेयर केशव कुमार श्रेष्ठले पुजापठा गरी फाउन्डेशमा ५ वटा ढुंगा राखेर अस्पतालको शिलान्यास गरेका हुन्। बुद्धभुमी नगरपालिकामा १९ करोड १० लाख लागतयको अस्पताल निर्माण सुरु गरिएको हो । मेयर श्रेष्ठले नगर कै गौरवका आयोजना अन्तर्गत अस्पतालको निर्माण कार्य अघि बढेको बताए । उनले आफ्नो कार्यकालमा नगरपालिकाले भौतिक, शिक्षा, सामाजिक क्षेत्रमा नगरपालिकाले धेरै विकास गरेको दाबी गरे । अस्पताल निर्माण भए पछि नगरपालिकाले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए ।

सामान्य उपचारका लागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर श्रेष्ठले बताए । उनले नगरबासीको स्वास्थ्य सेवा आफनो पालिकाको पहिलो प्राथमिकता रहेको बताए। दुई तले लिफट प्रणालीको भवनमा जनरल फिजिसियन, डेन्टल, नेत्र रोग, प्याथोलोजी, ल्याब, प्रसुति, फार्मेसी लागतयका सेवा हुने नगरपालिकाका ईन्जीनीयर कुशल घिमिरेले बताए । यस्तै अप्रेशन थिएटर, एक्सरे, पुरुष र महिलाको छुट्टा छुट्टै वार्ड समेत रहनेछ ।

अस्पतालको निर्माण कार्य २ वर्षभित्र पुरा हुनेछ । शिलान्यासका कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशवराज सुबुदीले नगरबासीको बर्षोको प्रतिक्षा अब भने पुरा हुने बताए। उनले नगर क्षेत्र भित्र निर्माण्चा हुने अस्पतालले नगरबासीहरु लाभांबित हुने बताए। नगर प्रमुख श्रेष्ठको अध्यक्षता राजन पोख्रेलको संचालनमा भएको कार्यक्रमा वडा नम्बर १ का अध्यक्ष तिलक बहादुर बस्नेत, ४ का अध्यक्ष पवन कुमार चौधरी, ८ का अध्यक्ष कपिलदेब तिवारी, स्वास्थ्य शाखा प्रमुख खुबीराम खनाल लगायतको सहभागीता थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu