Connect with us
Kapilvast Forest

निर्धन उत्थान लघुबित्त गलकोट शाखाद्वारा वीमा क्षतिपूर्ति वाफतको रकम हस्तान्त्रण

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

गलकोट-निर्धन उत्थान लघुबित्त गलकोट शाखाले वीमा क्षतिपूर्ति वाफतको रकम हस्तान्त्रण गरेको छ ।निर्धन उत्थान लघुबित्त बित्तिय सस्था बित्तिय सस्था गलकोट शाखाद्वारा सन्चालित कौलेनि महिला समुहकि सदस्य खडक कुमारी मल्लको मृत्यु पश्चात आज उनकै घर गलकोट नगरपालिका वडा न ५ कौलेनि मा गएर रु ६ लाख ५० हजार रुपैया चेक मार्फत बिमा क्षतिपूर्ति रकम हस्तान्त्रण गरेको हो ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै शाखा प्रमुख लक्ष्मण सापकोटाले सस्थाले बित्तिय तथा गैरबित्तिय कार्यक्रम मार्फत ग्रामीण बिपन्न समाजको रुपान्तरणमा लागेको बताउनु भयो।त्यस्तै समाजसेबि लोहोनिले निर्धनको यस्ता कार्य प्रति आफुलाइ खुसि लागेको भन्दै आफ्नो स्थानबाट सस्थालाइ साथ सहयोग गर्ने बताउनु भयो।बिशिष्ट अतिथि मन्जेश बम मल्ले निर्धनको गैरबित्तिय क्षेत्र अन्तर्गत बिमा कार्यक्रम अझ प्रभाबकारि हुदै जाओस भन्दै शुभकामना दिनुभएको थियो ।

 

कार्यक्रमको सभापतित्व केन्द्र प्रमुख तेजमाया मल्ल, प्रमुख अतिथि वडा न ५ गलकोटका वडा अध्यक्ष नारायणध्वज मल्ल, बिशिष्ट अतिथि धौलागिरी अन्चल अस्पताल बाग्लुङका पुर्ब ब्यबस्थापन समिति अध्यक्ष मन्जेश बम मल्ल, अतिथि शाखा प्रमुख लक्ष्मण सापकोटा, समाजसेवी दिर्घदत्त लोहोनि, काङ्ग्रेस गलकोट वडा न ५ सभापति पवन हमाल सहित स्थानीय बुद्धिजीवी , अभिभावक तथा समुह सदस्यहरुको उपस्थिति रहेको थियो।

वडा अध्यक्ष एवंम कार्यक्रमका प्रमुख अतिथिनारायणध्वज मल्लले निर्धन उत्थान लघुबित्तमा आबद्ध भएर स्वालम्बि बनेर आर्थिक क्रियाकलापमा लाग्न महिला दिदिबहिनी हरुलाइ आग्रह गर्नु भयो।निर्धनको यो कार्य सर्हानिय रहेको हुदा आगामी दिनमा हातेमालो गर्दै अगाडि बढ्ने बताउनु भयो।करिब ३० जनाको सहभागितामा सम्पन्न कार्यक्रमको सन्चालक कर्मचारी झबिन्द्र भण्डारीले गर्नु भएको थियो

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu