Connect with us
Kapilvast Forest

कपिलवस्तुमा ६१ हजार बढि मतदाता थपिए, वाण्गंगामा महिला मतदाता धेरै

२०७८, १७ चैत्र बिहीबारमा प्रकाशित

 

अर्जुन बेल्बासे ,कपिलवस्तु –कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि ६१ हजार ३ सय ४० मतदाता थपिएका छन ।स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कपिलवस्तुमा मतदाताको संख्या तिन लाख ७३ हजार १ सय रहेको जिल्ला निर्वाचन कार्यलय प्रमुख ज्ञानुराम पन्थीले बताउनु भयो । जिल्लामा गत प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन २०७४ मा ३ लाख ११ हजार सात सय ६० मतदाता थिए ।जिल्लामा स्थानीय तहको निर्वाचनका लागि २ सय ३५ मतदान स्थल , ४ सय ६८ वटा मतदान केन्द्र कायम गरेको प्रमुख पन्थीले जानकारी दिनु भयो ।

वणगंगा नगरपालिकामा ६१ हजार १ सय ७७, कपिलवस्तु नगरपालिकामा ४७ हजार ८०,बुद्दभुमिमा ४५ हजार ३ सय ४१,शिवराज नगरपालिकामा ४४ हजार ४ सय ५८, कृष्ण्नगरमा ३६ हजार ८ सय ८३, महाराजगंजमा ३२ हजार ३ सय २१,मायादेवि गाउँपालिकामा ३१ हजार १६,सुद्धोधनमा २७ हजार ७ सय ७५,विजयनगरमा २३ हजार ८ सय दुई र यसोधरामा २३ हजार २ सय ४७ जना   मतदाता रहेका छन ।

वैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा १ लाख ९९ हजार २ सय ८७ जना पुरुष रहेका छन भने १लाख ७३हजार ८सय १३महिला र २ जना तेस्रो लिंगी मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

आगामि वैशा ३० मास्थानीय तह निर्वाचनमा सबै भन्दा धेरै मतदाता रहेको वाणगंगामा पुरुषभन्दा महिला मतदाताको संख्या धेरै छ । वाणगंगामा ३१ ह्जार ८ सय ७१ म्हिला मतदाता रहेका छन भने २९ हजार ३ सय पुरुष मतदाता रहेका छन ।भने   सबैभन्दा कम मतदाता यसोधरा गाउँपालिकामा ५ हजार १ सय २ जना छन् ।

त्यस्तै निर्वाचनलाइ लक्षित गर्दै जिल्लाको १० वटै पालिकाको लागि निर्वाचन अधिकृतहरु तोकिएको छ । समग्र जिल्लाको निर्वाचन अधिकृतहरुको नेत्त्वि गर्ने गरी कपिलवस्तु नगरपालिकामा जिल्ला मुख्य निर्वाचन अधिकृतको रुपमा न्यायधिस तेजेन्द्र प्रसाद शर्मालाई जिम्मेवारी दिएको छ । त्यस्तै निर्वाचन अधिकृतको जिम्मेवारी शिवराज नगरपालिकामा उपन्यायधिश कृष्णचन्द्र पाण्डेलाई,कृष्णनगर नगरपालिकामा शुमन पाण्डे, वाणागंगामा भुमिव्यवस्था सहकारी तथा गरीवि निवारण मन्त्रालयमा कार्यरत मालपोत अधिकृत टेकराज अर्याल,बुद्धभुमिमा स्वास्थ्य सेवा विभागमा कार्यरत उप सचिव महे पाण्डे,विजयनगरमा प्रधमनमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कार्यरत उपसचिव भविश्वर पाण्डे ,महारागंजमा कुवेर पाण्डे ,मायादेविमा न्यायधिवक्ता रत्न प्रकाश गिरी ,यसोधरामा कोष तथा लेखा नियन्त्रक कार्यालय कपिलवस्तुमा कार्यरत भिमार्जुन ज्ञावाली,सुद्धोधनमा उर्जा जलसो्रतथा सिचांइ मन्त्रालयमा कार्यरत उप सचिव याम प्रसाद ढुगांनालाई निर्वाचन अधिकृत तोकिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu