Connect with us
Kapilvast Forest

सन्दीपको कप्तानीमा विश्वकप लिग–२ क्रिकेट टोलीको घोषणा

२०७८, १९ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले लेगस्पिनर सन्दीप लामिछानेको कप्तानीमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको एकदिवसीय सिरिजको लागि खेलाडी टोलीको घोषणा गरेको छ ।

क्यानले यूएईमा आयोजना हुने त्रिदेशीय सिरिजको लागि बिहीबार अबेर घोषणा गरेको टोलीमा तीव्र गतिका बलर सोमपाल कामी, विक्रम सोब, भीम सार्की र विनोद भण्डारीले पूनरागमन गर्नुभएको छ । यसअघि टी–२० विश्वकप ग्लोबल छनोटमा रहनुभएका बलर गुलशन झा र स्पिनर सुशान भारी, अनिल कुमार शाह र राजु रिजाल बन्द प्रशिक्षणबाट बाहिरिनु भएको छ ।

क्यानले छनोट समिति र प्रशिक्षक पुबुदु दसानायकेले बन्दप्रशिक्षणमा रहेका २० खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । नेपालले यूएई जानुअघि श्रीलंकामा स्थाननीय टोलीसँग चार वटा अभ्यास खेल खेल्नेछ । नेपाली टोली शनिबार श्रीलंका जाने क्यानले जनाएको छ । नेपाल श्रीलंकाबाट १४ मार्चमा यूएई प्रस्थान गर्नेछ । विश्वकप लिग–२ मा नेपालले मार्च १६ देखि २२ सम्म यूएई र पीएनजीसँग खेल्नेछ ।

नेपालको टोली :

सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu