Connect with us
Kapilvast Forest

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, एमसीसीबारे फरक दस्तावेज आउने

२०७८, २० फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदै छ।

बैठक विहान ११ बजे राष्ट्रिय सभामा सुरु हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो। त्यसपछि बैठक पटक पटक स्थगित भएको थियो। चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो।

पहिलो बैठककै निरन्तरताका रुपमा आज सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको ढकालले बताउनुभयो।

माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ। त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँटको काम पनि भएको छैन। यस पटकको बैठकबाट यी सबै विषय टुंगिने जनाएको छ।

यस्तै संशोधनबिना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरित अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तिब्र विवाद छ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्व स्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राख्नुभएको थियो ।

केन्द्रीय समिति बैठकमा नेता लिलामणि पोखरेल र नाराणयाकाजी श्रेष्ठले एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu