Connect with us
Kapilvast Forest

बारा कांग्रेसको मतदान रद्द

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

congress\

काठमाडौं – नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा भएको मतदान रद्द भएको छ ।शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको हो ।

नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द गरिएको जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीका अनुसार पुनः मतदानको लागि आइतबार बैठक बसेर तय गरिने छ ।शनिबार खसेका मत सबै नष्ट गरिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu