Connect with us
Kapilvast Forest

आईपीएलको उद्घाटन खेलमा चेन्नई र कोलकाता भिड्ने

२०७८, २२ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १५औं संस्करणको उद्घाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्स र साविक उपविजेता कोलकता नाइट राइडर्स भिड्ने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आइतबार यस संस्करणको खेलतालिका सार्वजनिक गरेको हो । मार्च २६ तारिखमा मुम्बईको वाङखडे मैदानमा चेन्नई र कोलकताबीच खेलसँगै आईपीएल सुरु हुनेछ ।

 

यस संस्करणको आईपीएलका खेलहरु मुम्बई र पुनेमा खेलाइनेछ । ६५ दिन चल्ने आईपीएलमा लिग चरणमा ७० र प्लेअफमा ४ खेल हुनेछ ।

यस सिजनमा दुई नयाँ टोली थपिएपछि कूल १० टोली सहभागी छन् । १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu