Connect with us
Kapilvast Forest

बार्सिलोना ला-लिगाको तेस्रो स्थानमा उक्लियो

२०७८, २३ फाल्गुन सोमबारमा प्रकाशित

एजेन्सी-स्पेनिस ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ।आइतबार राति भएको खेलमा बार्सिलोनाले एल्कमाथि २–१ गोल अन्तरको जित निकाल्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको हो।

बार्सिलोनालाई जिताउन फेरान टोरेस र मेन्फिस डेपेले गोल गरे। एल्कका चाभेसले गरेको गोल सान्तवना बन्यो।खेलको पहिलो हाफ सकिनुभन्दा केही समयअघि ४४ औं मिनेटमाचाभेसले गोल गर्दै एक्लले सुरूआती अग्रता लियो।

पहिलो हाफमा १-० ले पछि परेको अवस्थामा सब्सिच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। उनले ६० औं मिनेटमा अल्बाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।

त्यसपछि खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा मेन्फिस डेपेले गोल गर्दै बार्सिलोनालाई पुनरागमन जित दिलाए।खेलको ८८ औं मिनेटमा एल्क १० खेलाडीमा सीमित भएको थियो। पास्टोरे रातो कार्ड पाएर मैदान बाहिरिएपछि एल्क थप दबाबमा पर्‍यो। तर बार्सिलोनाले गोल थप्न सकेन।

यो जितसँगै ला लिगामा बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ। उसले २६ खेलबाट ४८ अंक जोडेको छ। एक खेल बढी खेलेको एथ्लेटिको म्याड्रिडको पनि समान ४८ अंक भए पनि गोल अन्तरमा बार्सिलोना शीर्ष तीनमा उक्लिएको हो।

लिगको शीर्षस्थानमा रहेको रियल मड्रिडको २७ खेलबाट ६३ अंक छ। दोस्रो स्थानमा रहेको सेभिल्लाको समान खेलबाट ५७ अंक छ।त्यस्तै आइतबार भएको अर्को खेलमा एथ्लेटिको मड्रिडले रियल बेटिसलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu