Connect with us
Kapilvast Forest

निर्वाचन चिन्ह हरियो रङ्गमा, ७२ दलले देशैभरी उम्मेदवारी दिन पाउने 

२०७८, २४ फाल्गुन मंगलवारमा प्रकाशित

election

 

काठमाडौं- वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरियो रङ्गकाे चुनाव चिन्ह हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छपाई गर्दा मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो मसीले छपाई गर्ने निर्णय गर्ने सोमबार पत्रकार सम्मेलनमार्फत आयोगले जनाएको हो ।
स्थानीय तहको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ गर्दा मतपत्रमा छपाइ हुने चिन्ह, विवरण तथा सुरक्षा चिन्हहरु हरियो एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन मसिले छपाइ गर्ने गरी आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा सेतो कागजमा नीलो रङ्गको चुनाव चिन्हहरु थियो भने स्वस्तिक छाप पनि नीलो रङकै थियो ।निर्वाचनसम्बन्धी छपाई सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढ्वानी व्यवस्थापनका लागि हेलिकोप्टर, ट्रक र कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचिकृकरणका लागि सार्वजनिक सूचना गरिएको जानकारी दिनुभयो ।

‘अब हरियो रङ्गको प्रयोग गर्ने भनेर निर्णय भएको छ । स्वस्तिक छाप नीलो रङ्गकै हुन्छ । स्वस्तिक छापको चिन्ह र निर्वाचन चिन्हको विभेद प्रष्ट होेस् भनेर प्राविधिक रुपमा सुझाव आएको हुँदा यो निर्णय गरेका हौँ ।,’ सहप्रवक्ता अर्यालले भन्नुभयो ।
त्यस्तै, चुनावमा ७२ दलले देशैभरी उम्मेदवारी दिने भएका छन् । उहाँका अनुसार निर्वाचनमा सहभागी हुन आयोगमा दर्ता भएका ८० दलमध्ये ७२ दलले देशभरी उम्मेदवार दिनेगरी निवेदन दर्ता भएको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu