Connect with us

बारामा दुई अर्ब ३७ करोड बराबरको आलु उत्पादन

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

 

बारा-बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु. दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ ।

कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलुखेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

आव ०७८/७९ मा बाराका कृषकहरूले कूल सात हजार ४२० हेक्टर क्षेत्रफलमा विभिन्न जातको आलु खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनले कुल एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको कुरा ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवबाट थाहा भएको छ । उक्त उत्पादित आलु कलैया बजारमा प्रतिकेजी २०/२५ मा बिक्री भइरहेको कुरा पनि थाहाभएको छ ।

जिल्लाको हरिहरपुर, गोलागन्ज, अमृतगन्ज, देवापुर, टेटा, उचिडिह, भगवानपुर, पिपरपाती, बरियारपुर, मटिअर्वा आलुखेतीको पकेट क्षेत्र भए पनि जिल्लाको प्रायः सबै क्षेत्रमा आलुखेती हुने गरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu