Connect with us
Kapilvast Forest

सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५०० पुग्यो

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

  काठमाडौं- नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो ।

अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ । तेजावी सुनको मूल्य भने १ लाख ५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

 

चाँदीको मूल्य बुधबार १४५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले बढेको हो । सुनको मूल्य यसअघि १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेर फर्किएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu