Connect with us
Kapilvast Forest

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

२०७८, २५ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं – सेयर कारोबार मापक नेप्से परिसूचक बुधबरा पनि दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झरेको झरेको छ ।

साताको पहिलो दिन आइतबारदेखि नै बजार घट्ने क्रममा छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि कम देखिएको छ । कारोबार रकम २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँमा रोकिएको छ ।

 

बजार घट्दा माउन्टेन इनर्जी कम्पनीको सेयर मूल्य ८५ रुपैयाँले बढेर ११३५ मा पुगेको छ । उता इमर्जिङ नेपालको सेयर मूल्य ११ रुपैयाँ ९० पैसाले बढेर ३१० दशमलव ५० रुपैयाँ पुगेको छ ।

धेरै गुमाउने कम्पनीहरुको पहिलो नम्बरमा विशाल बजार कम्पनी देखिएको छ । विशालबजारको २५७ रुपैयाँले घटेर ४ हजार १ सय ९३ रुपयाँमा झरेको छ । दोस्रोमा सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, माउन्टेन हाइड्रो लगायतका कम्पनीको सेयर मूल्य घटेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu