Connect with us
Kapilvast Forest

गालाटासारेसँग बराबरीमा रोकिएको बार्सिलोना

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

एजेन्सी । बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा गालाटासारेसँग बराबरीमा रोकिएको छ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा गएराती भएको खेलमा टर्किस क्लब गालाटासारेले बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको हो।

बार्सिलोनाले गालाटासारेलाई दवावमा राखे पनि गोल गर्न नसक्दा बराबरीमा रोकिएको थियो । बार्सिलोनाले गालाटासारेको पोस्टमा दर्जन बढी आक्रमण गरेपनि गोल गर्न भने असफल बन्यो ।

बराबरीसँगै दुवै टोलीको क्वार्टरफाइनल पुग्ने सम्भावना बराबर रहेको छ।

अब दोस्रो लेग गालाटासारेको मैदानमा १७ मार्चमा हुनेछ। उक्त खेलको विजेता क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu