Connect with us
Kapilvast Forest

उपाधि उचाल्ने लक्ष्य सहित महिला फुटवल टोली भारत जादै

२०७८, २८ फाल्गुन शनिबारमा प्रकाशित

काठमाडौ-भारतमा आयोजना हुन लागेको साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा भाग लिन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ।

नेपाली टोलीकी कप्तान प्रीति राईले आफूहरू उपाधि उचाल्ने लक्ष्यसहित भारतमा जान लागेको बताउनुभएको छ । शुक्रवार अखिल नेपाल फुटबल संघ एन्फाले गरेको बिदाइ कार्यक्रममा कप्तान राईले तीन टोली सम्मिलित प्रतियोगितामा आफ्नो लक्ष्य उपाधि उचाल्ने रहेको बताउनुभएको हो ।

नजिकिँदै गरेको महिला लिगका लागि खेलाडीले तयारी गरिहेकाले खेलाडीको फिटनेस राम्रो भएको र बलिया टोली भए पनि राम्रो खेलेर उपाधि लिएर आउने कप्तान राईले बताउनुभयो ।

महिला टोलीलाई अनुभव दिलाउने लक्ष्यसहित प्रतियोगितामा सहभागिता जनाउन लागेको भन्दै महिला विभाग प्रमुख हरि खड्काले बलिया टोलीसँग राम्रो फुटबल खेलेर स्वदेश फर्किने बताउनुभयो।

सन् २०१८ मा भुटानमा भएको पहिलो प्रतियोगिताको सेमिफाइनलमा भारतलाई हराएको नेपाली टिम बंगलादेशसँग पराजित भएपछि उपाधिबाट बञ्चित भएको थियो। तेस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक भारतसहित नेपाल र बंगलादेशले भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म प्रतिस्पर्धा गर्दै छन्।

डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ। नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ।

यस्तै‚ मार्च २१ मा फेरि भारतसँग खेल्दो मार्च २३ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ। शीर्ष टोलीले उपाधि जित्नेछ। यही प्रतियोगिताका लागि मुख्य प्रशिक्षका दर्शनभक्त राजलावटले बिहीबार २३ सदस्यीय खेलाडीको नाम सार्वजनिक गरेका थिए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu