Connect with us
Kapilvast Forest

यूपीमा योगीको कीर्तिमानी जित,सपथमा सांसद शाहलाई निमन्त्रणा

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाली सांसदलाई भ्रमणमा आउन निमन्त्रणा गर्नु भएको छ । बिहीबार विधानसभामा निर्वाचित आदित्यनाथले दोस्रो कार्यकालको मुख्यमन्त्री पदको सपथ समारोहमा सहभागी हुन नेपाली सांसदलाई निमन्त्रणा गर्नु भएको हो ।

गोरखपुरबाट भारी मतले विधानसभा चुनाव जितेका आदित्यनाथले यूपीमा लगातार दोस्रोपटक सत्तामा फर्किने कीर्तिमान कायम गरेका छन्।र्नु भएको छ आदित्यनाथले आफूसँगै भारतीय जनता पार्टीलाई पनि भारी बहुमत दिलाउनु भएको छ । ४०३ सीटमा भाजपाले २७३ सीट जितेको छ। यो भनेको करिब ६८ प्रतिशत नतिजा हो।

कीर्तिमानी नतिजासँगै उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्रीको सपथ लिन लागेका आदित्यनाथले नेपाली सांसद अभिषेकप्रताप शाहलाई सपथ ग्रहण समारोहमा उपस्थितिका लागि शुक्रबार निम्तो दिनु भएको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद शाहले योगीबाट निम्तो आएको बताउनु भयो । नेपाली प्रतिनिधिमण्डल लिएर आफू सपथ समारोहमा उपस्थित हुने उहाँले बताउनु भयो ।

शुक्रबार बिहान शाह र योगीबीच टेलिफोन सम्वाद भएको थियो। सम्वादमा शाहले योगीलाई दोस्रो कार्यकालका लागि निर्वाचित भएकोमा बधाई दिनु भएको थियो । बधाईमा धन्यवाद दिएका मुख्यमन्त्री योगीले सपथमा निमन्त्रणा दिँदै नेपाल(भारत सम्बन्ध, सीमावर्ती सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्धबारे चर्चा गरेको शाहले बताउनु भयो ।

शाह उत्तर प्रदेशसँग सीमा जोडिएको लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका संघीय सांसद हुनुन्छ । उहाँको आदित्यनाथसँग धार्मिक, पारिवारिक र राजनीतिक सम्बन्ध छ। साथै सीमा क्षेत्रमा आउने समस्या समाधानमा शाहले सिधै आदित्यनाथसँग पहल गरेर सुल्झाउने गर्नु भएको छ ।

सांसद शाहले योगीसँग लखनऊमा नेपाल(भारत सम्बन्ध, उत्तर प्रदेश(लुम्बिनी(कपिलवस्तु सीमा सम्बन्ध, नेपाली कांग्रेस(भाजपा र धार्मिक सम्बन्धका विषयमा छलफल हुने बताउनु भयो । योगीजीसँग विविध विषयमा छलफल हुन्छ। उहाँको नयाँ कार्यकालमा सम्बन्ध अझै सुदृढ ढंगले अघि बढ्ने विश्वास लिएको छु उहाँले भन्नसु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu