Connect with us
Kapilvast Forest

निर्वाचन आयोग र दलहरुबीच छलफल सुरु

२०७८, २७ फाल्गुन शुक्रबारमा प्रकाशित

 

 

काठमाडौं – स्थानीय तह निर्वाचन तयारीबारे निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल सुरु भएको छ। आयोगको कार्यालयमा छलफल सुरु भएको हो। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबारे छलफल गर्न संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो।

 

निर्वाचनका लागि आयोगले हालसम्म गरेको कार्यप्रगति जानकारी गराउने र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम छ। आगामी स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

यसअघि २०७४ को स्थानीय तह निर्वाचनमा ८० दलले दर्ताका लागि निवेदन दिएका थिए । जसमध्ये ५७ दलले मात्र भाग लिएका थिए। उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको मात्र स्थानीय तहमा प्रतिनिधित्व छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu