मानव अधिकार तथा शान्ति समाजको बैठक वाणगंगामा , २५० प्रतिनिधी सहभागी
कपिलबस्तु- मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक शुक्रबारदेखि कपिलवस्तुको वाणगंगामा सुरु भएको छ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिका’ नारासहित आयोजित आह्वानसहित बैठकको नागरिक अगुवा डा देवेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मानवअधिकारकर्मी अगुवा डा। पाण्डेले शान्ति समाजले बोकेका मुद्दा राजनीतिक दलले आफ्ना एजेन्डा बनाउनुपर्ने धारणा राख्नुभएको थियो । उहाँले समाज रूपान्तरणमा अविरल रूपमा शान्ति समाजले योगदानसहित खबरदारी गर्नु पर्नेमा जोड थियो ।
समाजका संस्थापक सभापति मानवअधिकारबादी नेता कृष्ण पहाडीले अब फेरि अदालत फर्केर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले न्यानसम्पादन गर्न नहुने बताउनभएको थियो । उहाँले शान्ति समाजले थालेको युद्ध निशेधको अभियानलाई धेरैले खिसिट्युरे गरेको भन्दै अहिले संसारभर नै युद्ध निशेधको अभियान चलेको बताउनुभयो ।
पूर्वमन्त्री दीपकुमार उपाध्यायले दलहरू निर्वाचनमा केन्द्रित भएको भन्दै लोकतन्त्रको रक्षा, संरक्षण गर्नेहरूले जित्नुपर्ने बताउनुभयो ।
देशका ३५ जिल्लाबाट २५० प्रतिनिधि सहभागी वैठकमा ८ बुंदे प्रस्तावमाथि छलफल हुने छ।