Connect with us
Kapilvast Forest

लागूऔषधसहित दुईजना पक्राउ

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

pakrau

मकवानपुर- प्रहरीले विभिन्न लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौडा उपमहानगरपालिका-१० बसपार्कस्थित सडकखण्डमा जाँचका क्रममा उनीहरूलाई शनिबार पक्राउ गरेको हो ।पक्राउ पर्नेमा चितवनका राप्ती नगरपालिका- ८ बस्‍ने २६ वर्षीय अमृत सुनार र खैरहनी नगरपालिका-७ बस्‍ने २७ वर्षीय किसन विश्वकर्मा रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट १७ एम्पुल डाइजेपाम, १९ एम्पुल फेनेरेगन र १५ एम्पुल नूफिन गरी जम्‍मा ५१ एम्पुल तथा २४० मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता राजकुमार सापकोटाले जानकारी दिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu