Connect with us
Kapilvast Forest

दुर्घटनामा तीनको मृत्यु, १० जना घाइते

२०७८, २९ फाल्गुन आईतवारमा प्रकाशित

दमौली –पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आज दिउँसो भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृतकको पहिचान हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । दुर्घटनामा घाइते भएकालाई थप उपचारका लागि चितवन पठाइएकामा तीनको मृत्यु भएको जानकारी प्राप्त भएको उनले बताए ।

 

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटा सुमो एकआपसमा ठक्कर खाएको थियो । घाइतेहरूलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको थियो ।

दुर्घटनामा घाइते हुनेमा शुक्लागण्डकी नगरपालिका बस्ने ८० वर्षीय दामोदर पुरी, आँबुखैरेनी गाउँपालिका–४ बस्ने २८ वर्षीया देविका थापामगर, सोही ठाउँका १८ वर्षीया आरती खवास र गोरखाको गण्डकी गाउँपालिका–१ बस्ने ३८ वर्षीया डिनमया नेपाली रहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu