Connect with us
Kapilvast Forest

अर्घाखाँची सिमेन्ट अब ५३ ग्रेडमा

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

काठमाडौं – अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादित अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारीकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीबितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ । “यसै वर्षको भाद्र महिनामा ४३ ग्रेडको मान्यता प्राप्त गरेको हाम्रो उत्पादनलाई ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ । जसले आम उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनी मध्येको एक हो । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आईपीओमा जाने तयारी सुरु गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu