एक भारतीय नागरिक पक्राउ
इनरुवा- सुनसरीमा मानव तस्करीको अरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौँको शङ्खरापुर नगरपालिकाकी २० वर्षीया युवतीलाई ललाइफकाई भारत लैजाने क्रममा भारत, विहार राज्यस्थित सुपौलका ३२ वर्र्षीय मोहम्मद फिरोजलाई कोसी गाउँपालिका– ८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गरेको हो ।
फिरोज काठमाडौँमा घर बनाउने काममा संलग्न थिए । फिरोजले पीडितलाई विवाहको प्रलोभनमा पारेर भारत लैजान लागेको प्रहरी अनुसन्धानका क्रमा खुलेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।