Connect with us
Kapilvast Forest

निर्वाचन अवधिभर वैध हतियार पनि प्रहरीलाई बुझाउन निर्देशन

२०७८, ३० फाल्गुन सोमबारमा प्रकाशित

बझाङ -निर्वाचन अवधिभर लाइसेन्स प्राप्त हतियारहरू पनि व्यक्तिबाट फिर्ता लिई प्रहरी कार्यालयमा राख्न जिल्ला प्रहरी कार्यालय बझाङले मातहतका प्रहरी इकाइहरूलाई निर्देशन दिएको छ।

जिल्ला प्रशासन कार्यालय बझाङबाट इजाजत लिई व्यक्तिगत प्रयोजनका लागि राखिएका लाइसेन्स प्राप्त हतियार निर्वाचन अवधिभर नजिकको प्रहरी कार्यालयमा सुरक्षित राख्न निर्देशन दिएको हो।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न तथा जनताहरूलाई सुरक्षाको प्रत्याभूति दिलाउनका लागि उक्त कुरा निर्देशन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनु भयो ।

अवैध हतियारको प्रयोग तथा जनताहरूले व्यक्तिगत परियोजनका लागि लिएका वैध हतियारहरू दुरूपयोग गर्न नपाओस भन्ने हिसाबले सिमानाकामा चेकजाँचमा कडाइ गर्नुका साथै संकास्पद स्थानहरूमा चेकजाँचमा कडाइ गरी विष्फोटक पदार्थ तथा हातहतियार उत्पादन, यायात, ओसारपसार तथा भण्डारण कार्यलाइ नियन्त्रण गर्न केन्द्रको निर्देशन अनुसार मातहतका कार्यालयमा निर्देशन गरिएको समेत डिएसपी विष्टले बताउनु भयो ।

बझाङ जिल्लामा अहिलेसम्म २ जनाले जिल्ला प्रशासन कार्यालयबाट इजाजत लिएर लाइसेन्ससहित व्यक्तिगत प्ररियोजनका लागि हतियार राखेको सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu