Connect with us
Kapilvast Forest

२७ प्रतिशत कैदीबन्दी बिरामी

२०७८, १ चैत्र मंगलवारमा प्रकाशित

jel

 

काठमाडौं- केन्द्रीय कारागार सुन्धारामा तीन हजार ३११ जना कैदीबन्दी छन् । तीमध्ये ९२० अर्थात् २७.७८ प्रतिशत कैदीबन्दी बिरामी रहेको कारागारले जनाएको छ ।

नेपालमा ७४ वटा कारागार छन् । तीमध्येको एउटा केन्द्रीय कारागार हो । जसमा तीन ३११ जना कैदीबन्दी छन् । तीमध्ये धेरै जसो बिरामी छन् । कारागारमा कैदीबन्दीहरुको अवस्था दयनीय छ । धेरैजसो कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार समेत छैन । यो कारागारमा भने खेलकुद गर्ने ठाउँ, विद्यालय, पुस्ताकालय, र अस्पताललगायतको सुविधा छ ।

रोजगारी र अस्पतालको सुविधाकै कारण कैदीबन्दीको चाप कारागारमा छ । केन्द्रीय कारागार बाहेक देशभर रहेको कुनै पनि कारागारमा अस्पतालको सुविधा छैन । अन्य कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । कारागारमा बिरामी हुने कैदीबन्दीलाई केन्द्रीय कारागार पठाउने चलन रहेकै कारण कैदीबन्दीको सङ्ख्या बढेको उपसचिव तथा जेलर डोरेन्द्र निरौलाले बताउनुभयो ।

उहाँका अनुसार कारागारमा तीन ३११ जना कैदीबन्दीमध्ये ३७१ जना महिला छन् । तीमध्ये एक सयभन्दा बढी बिरामी छन् । बिरामी हुनेमा मानसिक रोगी–२८३, मधुमेह–१०५, उच्च रक्तचाप –२७३, क्षयरोग–३१, एचआइभी–३१,हेपाटाइटिस बी–१६, हेपाटाइटिस सी–२६, प्यारालाइसिस–४२, दम–६०, क्यान्सर पाँच, किड्नीको डाइलासिस गर्ने–८, थाईराइड–१५, मुटुरोग–२२ र कुष्ठरोगी–तीन जना रहेका छन् । उहाँहरुको उपचार केन्द्रीय कागागारको अस्पतालमा हुँदैछ । त्यहाँ उपचार हुन नसकेका आठ जनालाई अन्य अस्पतालमा लागेर उपचार गरिँदै छ ।

‘केही दिन पहिले मात्र ८६ वर्षीय एक कैदीबन्दीको निधन भयो,’ जेलर निरौलाले भन्नुभयो, ‘ज्येष्ठ नागरिकलाई ऐनमा कैद सजाय छुटको व्यवस्था छ । तर, त्यो राजपत्रमा सूचना प्रकाशित नगरिँदा कार्यान्वयन हुन नसकेपछि उमेर पुगेका कैदीलाई पनि कारागारमा राख्नुपर्ने बाध्यता छ ।’ यसले सरकारको खर्च बढ्छ ।

कतिपय कैदीबन्दीहरु उमेर पुगेका तर, छोड्न नमिल्ने अशक्त, अपाङ्गता भएकाहरु छन् । बिरामीलाई दैनिक डाइपर फेर्नुपर्ने, खाना खुवाउनुपर्ने हुन्छ । जसको कारण दैनिक आर्थिक भार थपिन्छ । कैदीबन्दी छुटेर जाँदा सामाजलाई त्यस्ता असर नगर्ने भए पनि कानुन बाधक रहेको उहाँको भनाइ छ ।

प्रचलित कानूनमा सरकारवादी भई चलेको कुनै मुद्दामा कैद सजाय भोगिरहेका ज्येष्ठ नगरिकलाई निजको उमेर र कसूरको अवस्था हेरी कैद छुट दिन सकिने व्यवस्था छ । ६५ वर्ष उमेर पूरा भई ७० वर्ष ननाघेको ज्येष्ठ नागरिकलाई २५ प्रतिशत, ७० वर्ष उमेर पूरा भई ७५ वर्ष ननाघेको नागरिकलाई ५० प्रतिशत र ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई ७५ प्रतिशतसम्म छुट दिन सकिने व्यवस्था छ ।

कैद सजाय पाएको अशक्त ज्येष्ठ नागरिक वा ७५ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिकलाई अदालतले कसूरको गम्भीर्यताका आधारमा कारागारमा नराखी केन्द्रमा राख्न आदेश दिन सक्ने पनि व्यवस्था छ । तर, ६५ वर्ष उमेर पुगेका धेरै कैदीबन्दी कारागारमा छन् । तीमध्ये धेरै बिरामी रहेकाले स्यहार–सुसार पनि कारागारले गर्नुपर्ने बाध्यता छ ।

कारागारमा बिरामीको सङ्ख्या नै बढी छ । कोही सरुवा रोगी छन् । कैदीबन्दी राख्ने ठाउँ सानो रहेकाले छुट्टाछुट्टै राख्न सकिएको छैन । त्यसले अरुमा रोग सर्ने उच्च जोखिम छ । नुवाकोटमा निर्माण भएको कारागारमा कैदीबन्दी सार्नका लागि तीव्ररुपमा काम हुँदैछ । त्यो भएमा केन्द्रीय कारागारलाई राहत हुने छ । त्यसको लागि अझै केही काम बाँकी छ । पूरा हुने बित्तिक्कै सार्ने काम हुन्छ जेलर निरौलाले भन्नुभयो ।

उहाँका अनुसार राम्रो काम गर्नेलाई वर्षको दुई महिना कैद छुटको व्यवस्था केन्द्रीय कारागारले पनि गरेको छ । यो कारागार नभई सुधार गृह रहेकाले त्यस्तो व्यवस्था गरिएको हो । कारागार एउटा ज्ञानको सागर हो । केन्द्रीय कारागार पुगेकाहरु धेरै जसोले नयाँ तरिकाले जीवन जिउने कला सिकेर जाने गरेका छन् ।

कारागारमा कैदीबन्दीलाई दिनुपर्ने सबै प्रकारको सुविधाहरु नियमानुसार दिएको छ । जेलर निरौलाले भन्नुभयो, ‘कारागारमा आइसकेपछि को साधारणको भीआइपी हाम्रो नजरमा सबै कैदीबन्दी हो, एकतर्फी सञ्चार पनि उहाँहरुले प्रयोग गर्न पाउनुहुन्छ, एकतर्फी सञ्चार हुन्छ, दोहोरो सञ्चारको सुविधा कैदीबन्दीलाई हुँदैन ।’ कारागारभित्र सबै कैदीबन्दीले टेलिभिजन हेर्ने, रेडियो सुन्ने, पत्रपत्रिका पढ्न पाइने व्यवस्था गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu