Connect with us
Kapilvast Forest

नेपाली काँग्रेस: एक्लै चुनावी अभियानमा

२०७८, २ चैत्र बुधबारमा प्रकाशित

congress

काठमाडौं- नेपाली काँग्रेसको एक महिने ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु भएको छ। वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका काँग्रेसले उक्त घरदैलो अभियान सुरु गरेको हो।

आइतबारदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म हुने भएको छ। काँग्रेसका केन्द्रीय सदस्यहरू सबै जिल्लामा गएर ‘चुनाव आयो’ भन्दै काँग्रेस जगाउन जनताका घरदैलोमा पुगेका छन्। यद्यपि, चुनावमा भने एक्लै जाने कि गठबन्धनमा यसबारे ठोस निर्णय भने बनाइसकेको छैन।

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चैतको तेस्रो साता बस्ने केन्द्रीय समिति बैठकले गठबन्धनका विषयमा निर्णय गर्ने बताए। ‘टोल, वडा तहबाट आएको राय र सुझावअनुसार गठबन्धन गर्ने नगर्ने टुंगो लाग्छ,’ उनले भने, ‘यो अभियान जनतामाझ गएर काँग्रेस र एमसीसीबारेका भ्रम चिर्न गरिएको हो।’ यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu