Connect with us
Kapilvast Forest

प्युठानबाट दाङ आउँदै गरेको बस दुर्घटना हुँदा ३० यात्रु घाइते

२०७८, ५ चैत्र शनिबारमा प्रकाशित

फाइल तस्बिर

कपिलवस्तु-
प्युठानबाट दाङ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाले घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको सेतोपाटीलाई बताए।

‘दुर्घटना साढे १२ बजेतिरको हो र अहिले पनि स्थानीय तथा प्रहरी मिलेर उद्धारको कार्य जारी छ,’ डिएसपी थापाले भने।

प्युठानको अरङखोला ढिकावनबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना३ख ७१३२ नम्बरको बस शनिबार मध्याह्न दुर्घटना भएको हो।

दुर्घटनाका घाइतेलाई उद्धार गरी स्वास्थ्य चौकीमा पुर्‍याउने कार्य जारी रहेको डिएसपी थापाले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj