सञ्चारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल
बुटवल– सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा अध्यक्ष अमृता अनमोल निर्वाचित हुनुभएको छ ।
बुटवलमा सम्पन्न भएको तेस्राे साधारण सभा एवंम प्रथम अधिवेशनबाट उपाध्यक्षमा रुपा गहतराज, महासचिव मेनका कुमारी चौधरी, सचिवमा माया केसी, कोषाध्यक्ष उषा किरण पन्थ निर्वाचित हुनभएको हो ।
यसैगरी सदस्यहरुमा रिया बस्नेत, बिष्णु खनाल, लक्ष्मी बि।क, सरिता थारु, अनिता खत्री, रेनुका गिरि, लक्ष्मी कुमारि तिमिल्सिना, गिता ज्ञवालि, रञ्जिता अधिकारि निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।