Connect with us
Kapilvast Forest

चेल्सी सेमिफाइनलमा, लुकाकु र जिएचले गरे गोल

२०७८, ६ चैत्र आईतवारमा प्रकाशित

एजेन्सी- प्रिमियर लिग क्लब चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिड्ल्सब्रोलाई २-० गोल अन्तरले हराउँदै चेल्सीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र हाकिम जिएचले एक एक गोल गरेका थिए ।

खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए भने खेलको ३१ औं मिनेटमा जिएचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

यससँगै च्याम्पियनसिप क्लबको एफए कप यात्रा सकिएको छ ।

म्यानचेस्टर युनाईटेड र टोटेनहमलाई हराएर सनसनी मच्चाएको मिड्ल्सब्रो चेल्सीसँग भने पराजित हुँदै क्वाटरफाइनलमै रोकिन पुग्यो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj