Connect with us
Kapilvast Forest

प्रहरीको मृत्युपछि मोरङको लेटाङ तनावपूर्ण, बिहानै देखि कर्फ्यू

२०७८, ७ चैत्र सोमबारमा प्रकाशित

विराटनगर — एक महिला प्रहरीको ज्यान जानेगरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा आज बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका कर्फ्यू लागेको छ

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले लेटाङको वडा ३ र ४ को पश्चिम एरिया गंगे चोक र कमलपुर क्षेत्र, ५ वडाको सबै क्षेत्र, उत्तरमा लेटांगको ६ नम्बर वडा कार्यालय क्षेत्र, पूर्वमा मोरंङे खोला क्षेत्र, पश्चिममा चिस्याङ खोला क्षेत्रमा कर्फ्यू लगाएको जानकारी दिनुभयो ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ बर्षिया बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भिडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको घटना स्थलमा मृत्यु भएको थियो । भिडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होलीका दिन होली खेल्ने क्रममा खेरुवा स्थित सामाजिक शिक्षाका ५६ वर्षिय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत एक १२ वर्षिय बालिकालाई यौन दुर्व्यवहार प्रयास गरेको विषयमा शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu