आमाको हत्या आरोपमा छाेरासहित दुई जना पक्राउ
कास्की-आमाको हत्यामा संलग्न रहेको अभियोगमा छोरासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ६७ वर्षीया आमा नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने ३६ वर्षीय जेठो छोरा ओमबहादुर नेपाली र सोही महानगरपालिका–१२ माटेपानी बस्ने ३७ वर्षीय कुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
घरमा कोठाभित्र घाँटी थिचेको जस्तो डाम र अनुहारमा आलो घाउ देखिएको अवस्थामा शुक्रबार बिहान नौमायाँको शव फेला परेको थियो । घटनाबारे अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।