Connect with us
Kapilvast Forest

महाराजगन्जका ईटा उद्योगमा अनुगमन

२०७८, ८ चैत्र मंगलवारमा प्रकाशित

कपिलवस्तु- वालश्रम निवारणका लागि कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा रहेका ईटा उद्योगहरुमा अनुगमन गरिएको छ ।

दलित मानव अधिकार निगरानी समितिको आयोजनामा भएको अनुगमनमा इटा उद्योगहरुमा बालवालिकाहरु काम गरिरहेको उनीहरुलाई विद्यालयको पहुचमा पुर्याउनुपर्ने बताइएको छ ।

अनुगमनका क्रममा नगर उपप्रमुख सुभावती कुर्मीले बालवालिकाहरुलाई उद्योगमा काम लगाउन नहुने बताउनुभयो । भारतका विभिन्न ठाउँ वाट सिजनको समयमा नेपाल आएर उद्योगमा बुवाआमालाई सहयोग गर्ने वाहानामा बालवालिकाहरु श्रममा लागेको उनीहरुलाई अभिभावक र उद्योगीहरु सचेत हुनुपर्ने बताउनुभयो ।

अनुगमनकै क्रममा दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले जिल्लाका शिवराज बुद्धभुमी महाराजगंज नगरपालिका भित्र रहेको ईटा उद्योगमा वालश्रम भइरहेकोले यसमा स्थानीय पालिका गम्भीर हुनुपर्ने बताउनुभयो ।

शिवराजको हकमा बालवालिकाहरुलाई अनौपचारी शिक्षाको लागि पालिका सँग छलफल भएको बताउँदै केहि दिनमै सुुरुवात गर्ने बताउनुभयो । महाराजगंज नगरपालिकाका जनप्रतिनिधिहरुकै ईटा उद्योग रहेको थप जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

अनुगमनमाशिक्षा शाखा,न्यायीक समिति र समाजिक विकाश शाखा,उधोग वाणिज्य संघका,सामुदायिक संस्थाका प्रतिनिधि,पत्रकारहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu