Connect with us
Kapilvast Forest

नेविसंघको अध्यक्षमा शेर्पा र तरुणमा गुरुङ मनोनित

२०७८, ९ चैत्र बुधबारमा प्रकाशित

काठमाडौ- नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा नियुक्त हुनुभएको छ।पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान अनुसार शेर्पालाई नेविसंघ केन्द्रीय दतर्थ कार्यसमितिको अध्यक्ष नियुक्त गर्नुभएको हो।

काँग्रेस पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बुधबार नै प्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले नेपाल तरुण दलको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गर्नुभएको छ।नेविसंघ तदर्थ कार्यसमिति अध्यक्ष शेर्पा काठमाडौं र तरुण दल अध्इक्ष गुरुङ पर्वतका हुनुुहुन्छ।

सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०७८ फागुन ३ गतेको बैठकको निर्णय अनुसार, नेपाली कांग्रेसको विधान २०१७ (ंसंशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम रिक्त भएका नेपाली कांग्रेसका भ्रातृ संघका अध्यक्षमा शेर्पा र गुरुङ नियुक्त हुनुभएको मुख्यसचिव पौडेलले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

तदर्थ कार्यसमितिले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३ (तीन) महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नु पर्नेछ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu