चन्द्रौटा खाने पानी सस्था नमुना बन्छ : अध्यक्ष क्षेत्री
कपिलवस्तु -लामो समयको अन्तरमल पछि चन्द्रौटा खाने पानीको नयाँ कार्य समितिले पुर्णता पाएको छ । नया समिति चयन पछि चन्द्रौटा वासिले अव खाने पानी वितरण ,आर्थिक कारोवार महशुल शुल्क लगायतका विषयमा खिचातानी गर्नु नपर्ने आशा ब्यक्त गरेका छन । नव निर्वाचित कार्य समिति प्रति आम नगवासिले अव प्रयाप्त रुपमा विषेश सिस्टममा रहेर पानी वितरण् हुनेमा विश्स्त रहेको भनाइ ब्यक्त गरेका छन ।
लामो समय देखि विभिन्न कारण देखाँदै हुन नसकेको अधिवेन बुधबार निर्विरोध रुपमा नयाँ कर्यसमिति चयन भएको छ । नया कार्यसमितिको लागि केहि समय अगाडि बसेको उपभोक्ता समितिको बैठले चैत १२ गतको लागि निर्वाचन मिति तोकेको थियो ।
सोहि अनुसार ९ गते विहान ११ बजे सम्म उम्मेद्वारी दर्ताको अन्तिम समय निर्वाचन मण्डलले तोकेको भए पनि एकल पक्ष दमन भाट क्षेत्रि (नरायणको) अध्क्षतामा ९जना कर्यसमितिले मात्रै उम्मेदवारी दर्ता गराए पश्यात निर्वाचन मण्डलले स्वत निर्विरोध नयाँ कार्य समितिको अन्तिम नामावलि प्रकाशन गरेको निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले जमाकारी दिनु भयो । उम्मेदवारी दर्ता पुर्व अन्य दलले केहि विरोध गरे पनि अन्तिम नामावलि प्रकाशन प्रश्ताव अन्य दलले भाग नलिए पनि नवनिर्वाचित कार्यसमितिलाइ समर्थन गरेका छन ।
आफु अध्यक्षमा निर्वाचित पछि बोल्दै नव निर्वाचित अध्यक्ष दमन भाट क्षेत्रि (नारायण) ले सबैको सर्मथन र सहयोले आफुसहितको टिम चयन भएको बताउनु भयो । सस्थाको सुसान, आर्थिक पार्दशिकतालाई विशेष ख्याल गर्दै सबैसगँ सहकार्य गर्दै सहि ढंगले अगाडि बढाएर आफनो कार्याकालमा नमुना सस्थान बनाउने बताउनु भयो । अवका दिनमा यस क्षेत्रमा खाने पानी वितरण र सस्थानलाइ उदाहरणि बनाउन विधि र पद्दतिलाई टेकेर काम गर्ने बताउनु भयो लामो समय देखि ब्यापमर ब्यावसायस र सामाजि क्षेत्रमा काम गर्दै आफनो परिचय राख्नु भएका क्षेत्रिले खानेपानी सस्थानलाई एउटा पहिचान दिने गरी भुमिका निर्वाह गर्ने बताउनु भयो ।
चन्द्रौटा खानेपानी सस्थाको उपभोत्ता सहितिको अध्यक्षमा दमन भाट क्षेत्री(नारायण ) चयन हुनु भएको छ ।
समितिको उपाध्क्षय लक्ष्मि उपाध्य,सचिव कृष्ण प्रसाद अधिकारी, उप सचिवमा ज्ञान बहादुर बैजालि, कोषध्यक्ष सहेन शाह खाँ, सदस्यहरुमा रामकुमारी थारु, धनकुमारी सुवेदि, रुद्र कार्कि निर्वाचित हुनुभएको निर्वाचन मण्डलका संयोजक अर्जुन बहादुर पाण्डेले जानकारी दिनुभयो ।नवनिर्मित पदाधिकारीको चैत १२ गते सफत ग्रहण हुने निर्वाचन मण्डलले जनाएको छ ।