शिवराज बाल अधिकार नागरिक सन्जालको अध्यक्षमा खतिवडा
कपिलवस्तु- शिवराज बाल अधिकार नागरिक सन्जालको अध्यक्ष पदमा मानव अधिकारकर्मी विष्णु प्रसाद खतिवडा चयन हुनुभएको छ ।
आज दलित मानव अधिकार निगरानी समितिले आयोजना गरेको बैठकले खतिवडालाई चयन गरिएको हो ।
लामो समय देखि मानव अधिकारको क्षेत्रमा काम गर्दै आउनु भएका खतिवडालाई शिवराज क्षेत्रका विभिन्न संघ सस्थाहरुको भेलाले अध्यक्षमा चयन गरेको दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियारले जानकारी दिनु भयो ।
नगरका विभिन्न क्षेत्रमा बाल श्रम रहेकोले उनिहरुको संरक्षणमा आफू लागिपर्ने खतिवडाले बताउनुभयो । उक्त समितिमा नगर क्षेत्रका विभिन्न सघ सस्थाका प्रतिनिधिहरु सदस्य रहेका छन ।