Connect with us
Kapilvast Forest

आफ्नो खुट्टामाथि भरोसा नहुनेहरूले मात्रै चुनावमा गठबन्धन गर्छन् : पाेखरेल

२०७८, १० चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पार्नुभएको छ ।

आज बिहीवार पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले एमालेलाई चुनावमा अरूको वैशाखीको आवश्यक नभएको पनि पटक–पटक दोहोर्‍याउनुभयाे । उहाँले भन्नुभयो, ‘हामीले प्रष्टैसँग भनेका छौँ– हामी चुनावलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौँ । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छाैँ । भुइँ टेकेको खुट्टामाथि विश्वास छ । हामी त्यसैमा उभिएर चुनावकाे प्रतिस्पर्धामा सामेल हुन्छौँ । जसलाई आफ्नो खुट्टामाथि भरोसा छैन, उसलाई मात्रै वैशाखी चाहिन्छ । हामी त्यो बैशाखीको पक्षमा छैनौँ । दोस्रो कुरा, चुनावमा कतिपय ठाउँमा स्थानीय आवश्यक्ताको आधारमा सिट व्यवस्था हुन सक्छ । त्यो अलग कुरा भयो । तर केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौँ ।’

 

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रीय कमिटी बैठक स्थानीय तह चुनावमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै त्यहीअनुसार सिङ्गो पार्टी पङ्क्तिलाई परिचालित गरेर अघि बढ्ने बताउनुभयो । परमादेशबाट निर्मित शक्तिसँग चुनावमा आफूहरूको प्रतिस्पर्धा हुने भन्दै उहाँले उनीहरूलाई पराजित गरेर अघि बढ्ने गरी तत्काल योजना बनाउने बताउनुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय तह चुनावमा जित्ने र टिक्ने कार्यकर्तालाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको बताउनुभयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu