बुटवलमा कृषि मेला, ६० वटा कृषि स्टल
बुटवल — किसानलाई आधुनिक कृषिको व्यवसायीकरण गर्न सघाउने र कृषि प्रविधि सिकाउने उद्देश्यका साथ बुटवलमा दसौं कृषि मेला सुरु भएको छ ।
उद्योग वाणिज्य संघले बालमन्दिर परिसर हाटबजारमा मेला लागेकाे छ ।
मेलाले कृषिको उत्पादन वृद्धि, व्यवसायीकरण र बजारीकरणका लागि सहयोग पुग्ने अपेक्षा गरिएकाे छ ।
चैत १४ सम्म सञ्चालन हुने मेलामा करिब ६० वटा कृषि स्टल रहेका छन् ।
मेलामा २५ हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
मेलामा कृषि प्रविधि, धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बैलर मेसिन, थोपा सिँचाइ, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मललगायतको प्रदर्शनमा राखिएको छ ।