Connect with us
Kapilvast Forest

दाङमा हातहातियार बुझाउन प्रशासन कार्यालयको आग्रह

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

 दाङ – जिल्ला प्रशासन कार्यालय दाङले वैध र अवैध हातहतियार बुझाउन आग्रह गरेको छ ।जिल्ला प्रशासनले सूचना जारी गर्दै इजाजत प्राप्त र विनाइजाजतका हातहतियार चैत्र मसान्तभित्र बुझाउन आग्रह गरेको हो ।

इजाजत पाएर र इजाजतबिना अवैध रुपमा राखिएका हातहतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन सकिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिएका छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन लगाइएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनु भयो ।

इजाजत प्राप्त हातहतियार भने स्थानीय तहको निर्वाचनपछि फिर्ता गरिने बताइएको छ । तोकिएको समयमा हातहतियार नबुझाएमा खानतलासी गरेर कारबाही गरिने सूचनामा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu