Connect with us
Kapilvast Forest

कृष्णनगरका कुनाल शाह एमालेमा प्रवेश गर्दै

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुकोे कृष्णनगर क्षेत्रको राजनितमा ठुलो धक्का पुग्ने  भएको छ ।कृष्ण नगरका युवा नेता तथा सर्वपृय मानिएका युवा ब्यवसायि चैत्र १४ गते जिल्लको तौलिहवामा हुने बृहत भेलाबाट नेकपा एमालेमा प्रवेश गर्न थाले पछि कृष्ण नगरको राजनिति नै जगमगाएको छ ।

यही चैत्र १४ गते सोमवार कपिलवस्तुको सदरमुकाम तौलिहवामा  एमाले   अध्यक्ष तथा पूर्व प्रधानमंत्री के. पी. शर्मा ओली वृहत जनसभामा आउन लाग्नु भएको छ सोहि दिन शाहले आफु सग हजारौँ व्यक्तिलाई एमाले मा प्रवेश गराउने तयारी गर्नु भएको छ ।

एमालेमा प्रवेश गर्न तयारी गरेका शाहले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताउनु भयो ।

नेपाली कांग्रेसका सस्थापक सदस्य उहाँका हजुरबुबा डा. रूद्र प्रताप शाहसहितका नेता एमालेमा प्रवेश गर्ने भए सगैं कपिलवस्तुका प्रतिनिभि सभा सदस्य अभिशेक प्रताप शाह र नगर प्रमुख रजत प्रताप शाहसहित कृष्ण नगरमा ठुलो धक्का पुग्ने एक नेताले बताए ।

 

को हुन कुनाल प्रताप
शाह परिवारमा जन्मिएका उनी युवा राजनीतिज्ञ सङै युवा व्यवसायी पनि हुन । भारतको अमिती युनिभर्सिटीबाट मास्टर्स शिक्षा अध्ययन गरेका नेता शाह राजनीतिक चेतना र बैचारिक दृष्टिकोणले अब्बल मानिन्छन ।
कृष्ण्न गरको इोत्रमा शिक्षा, आर्थिक, स्वास्थ्य, सामाजिक सेवालगायतका क्षेत्रमा उहाँको परिवारले दिएको योगदान दिएका साहले उनका उध्योगमाम सयौँ जनालाई रोजगार दिएका छन ।

नेपाली कांग्रेसको गठन हुदाँ देखि नै करिब सात दशक देखि निरन्तर रूपमा पार्टी प्रति समर्पित भै कपिलवस्तुमा नेपाली कांग्रेसको राजनिति गरेका परिचित युवा हुन । उहाँको हजुरबुबा पूर्व प्रधानमंत्री स्वर्गीय विशेस्वर प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय कृष्ण प्रसाद भट्टराई, पूर्व प्रधानमंत्री स्वर्गीय गिरिजा प्रसाद कोइराला, पूर्व प्रधानमंत्री स्वर्गीय शुसील कोइराला लगानेपाली कांग्रेसको राजनीति गर्दै डा. रूद्र प्रताप शाह प्रजातांत्रिक पन्चायती कालमा राज परिषद सदस्य समेत रहेका र यस क्षेत्रका नेपाली कांग्रेसका प्रतिनिधि हरूलाई विजयी बनाउन समेत उहाँको भूमिका निर्वाह गरेका थिए ।

साथै कुनाल प्रताप शाहका बुबा राकेश प्रताप शाह ( गुड्डू भैया) नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यका रूपमा योगदान दिदै आएका छन् ।
कुनाल प्रताप शाह बर्षौ देखि जनताका बिचमा पुगि जनताको शुख दुखमा साथ दिदै आएका जनताले पटक पटक मेयर पदको उम्मेदवार हुन दबाव दिदां उहाँ जनताको भावनानुसार नै आफू मेयर पदमा उम्मेदवार हुने बताए ।
शिक्षा प्रेमी युवा साह शिवराज नगरपालिका वडा नं ६ मा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालय पिपरीको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा निर्विरोध चयन भएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu