Connect with us
Kapilvast Forest

सांसद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको जसपाको आरोप

२०७८, १२ चैत्र शनिबारमा प्रकाशित

काठमाडौं- जनता समाजवादी पार्टी जसापाले आफ्ना केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक प्रमोद साहमाथि एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।

सर्लाहीको इश्वरपुर नगरपालिकामा नेकपा एमालेका कार्यकर्ताले साहसहित आफ्ना कार्यकर्तालाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै जसपाले घटनाको भर्त्सना गरेको छ ।

 

जसपाले विज्ञप्ति निकालेर भनेके छ, ‘नेकपा एमालेले यस्ता घृणित र अपराधिक कृयाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् नेकपा एमाले हुने छ ।’

घटनाका दोषीमाथि अविलम्ब कडाभन्दा कडा कारवाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले सरकारसँग माग पनि गरेको छ । यस्तै घाइतेको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि जसपाले भनेको छ । घाइते साहलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं ल्याइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu