Connect with us
Kapilvast Forest

आफैले दिएको बलात्कारको उजुरी विपरीत बयान बदल्ने महिलालाई ३ महिना कैद

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

 

काठमाडोँ — आफूमाथि बलात्कार भएको भनी प्रहरीमा दिएको उजुरीको बेहोराको विपरीत अदालतमा बयान बदल्ने २२ वर्षीया महिलालाई दैलेख जिल्ला अदालतले तीन महिना कैद र पाँच हजार रुपैयाँ जरिबाना गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले बिहीवार यस्तो सजाय गरेको अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रहरीमा आफैले दिएको उजुरीको बेहोरा विपरीत अदालतमा उजुरीकर्ता महिलाले गाउँको रिसइबीले उजुरी दिएको भनी बयान बदलेको कारण यो सजाय भएको हो । राज्यका साधन, श्रोत र जनशक्तिलाई अनुत्पादक काममा खर्च गराएको भन्दै उक्त सजाय गरिएको फैसलामा उल्लेख छ । बलात्कारको आरोप लागेका भगवतीमाई गाउँपालिका–५ कट्टी गाउँका २३ वर्षीय दिपेन्द्र शाहीलाई अदालतले सफाई दिएपछि आजै कारागारबाट छुटेका छन् ।

झण्डै दुई वर्ष अघि २०७७ वैशाख २० गते आफूमाथि बलात्कार भएको भन्दै ती महिलाले वैशाख २८ गते दिएको उजुरी दिएकी थिइन् । बलात्कार घटना लगत्तै आरोपित फरार भएका थिए । आरोपित फरार भएको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयले तयार गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले १३ महिनापछि २०७८ जेठ १३ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी अभियोग पेस गरेको थियो ।

अभियोग दर्तापछि अदालतले म्याद जारी गरेपछि २०७८ मङ्सिर १५ गते अदालतमा हाजिर भएकै दिन थुनछेक बहसपछि जिल्ला न्यायाधीश लामिछानेको इजलासबाट थुनामा राख्ने आदेश अनुसार आरोपित दिपेन्द्र शाही चार महिनादेखि जिल्ला कारागारमा थुनामा थिए । प्रहरीमा आफैले दिएको उजुरी विपरीत अदालतमा बयान बदलेको घटनामा झुट्टा उजुरी दिएको कसूरमा कैद गरिएको यो तेश्रो घटना हो । यसअघि पनि झुट्टा उजुरी कसूरमा कैद गरिएका घटनाहरु बलात्कार घटनाकै भएको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu