Connect with us
Kapilvast Forest

एनएमबि बैकं र गोरुसिंगे शहरी खानेपानी बिच बिल भुत्तानी सम्झौता

२०७८, १८ चैत्र शुक्रबारमा प्रकाशित

कपिलवस्तु गोरुसिंगे-
एनएमबि बैकं लि गोरुसिंगे शाखाले डिजिटल प्रबिधिको प्रयोगलाई बृद्धि गर्दै सहज र सजिलो बनाउनका निमिक्त एक समाहरोहका बिच कपिलवस्तु जिल्लाको गोरुसिंगेमा रहेको गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समिती बिच खानेपानीको बिल एनएमबि बैंकको मोबाईल बैकीग सेवा मार्फत भुत्तानीका लागी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
एनएमबि बैकं लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्टको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पश्चिमान्चल ग्रामिण बिकाश बैकंका पुर्व अध्यक्ष बिण्णुहरि शर्मा , बुद्धभुमी नगरपालिका वार्ड नं २ का वार्ड अध्यक्ष भेषराज शर्मा खनाल लगाएतले एनएमबि बैकले ग्राहकको सुबिधालाई मध्यनजर गरि घर वाटै सहजै खानेपानीको बिल भुत्तानी सेवाकाली समझदारी हुनु आफैमा गौरवको बिषय भएकाले छिटो छरितो रुपमा सेवा सुचारु गर्नु प्रर्नेमा जोड दिएका थिए ।
समझदारी पत्रमा हस्ताक्षर एनएमबि बैकं लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट र गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समितीका अध्यक्ष नेरन्द्र टण्डनले गर्नु भएको थियो ।
सम्झौता पश्चात बुद्धभुमी नगरपालिकाको वार्ड नं दुईका करिव २००० उपभोत्ताहरुले प्रत्यक्ष रुपमा सेवा पाउने शाखा प्रमुख लाल बहादुर भण्डारीले जानकारी दिनु भयो ।
त्यसैगरी बैकले हाल सम्म बिकास गरेका नया डिजिटल प्रबिधिको बारेमा जानकारी दिदै खाता खोल्ने देखी कर्जा माग लगाएतका प्रकृयामा घर वाटै ईन्टरनेट वा मोवाईल बैकीङ्गको माध्यमवाट धेरै जसो बित्तिय सेवा लिन सकिने र अवको नयाँ पुस्ताले प्रबिधिको बिकास संगै प्रयोगलाई उच्चतम रुममा उपयोग गर्नु प्रर्नेमा शाखा प्रमुख लाल बहादुर भण्डारी जोड दिनु भएको थियो ।
गोरुसिंगेमा रहेका समाजसेबी, ब्यापारी र खानेपानी उपभोत्ता समितीका सदस्यहरु समेतको उपस्थितिमा भएको कार्यक्रमको गोरुसिंगे शहरी खानेपानी उपभोत्ता समितीका अध्यक्ष नेरन्द्र टण्डनको अध्यक्षतामा र एनएमबि बैकं गोरुसिंगे शाखाका कर्मचारी पशुपति अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu