Connect with us
Kapilvast Forest

सीमा सम्बन्धी विषय कूटनीतिमार्फत समाधान गर्ने सहमति भएको छ : परराष्ट्रमन्त्री खड्का

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौँ – परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल र भारतबीचका सीमा सम्बन्धी विषय संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच छलफल भएको बताएका छन् ।

 

प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणबारे आइतबार अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा दुई देशबीच सीमा विवादबारे छलफल भएको जानकारी मन्त्री खड्काले दिएका हुन् । उनले भने, ‘दुई प्रधानमन्त्रीबीच सीमा सम्बन्धी विषयहरूमा कुराकानी भएको छ । दुई देशबीच स्थापित संयन्त्रहरूमार्फत सीमा सम्बन्धी विषयहरू संवाद र कूटनीति मार्फत समाधान गर्ने कुराकानी भएको छ ।’

 

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आइतबार साँझ स्वदेश फर्किएको छ । सीमा विवादबारे प्रधानमन्त्री देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा विषय उठान गरेका थिए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई सीमाका विषय स्थापित संयन्त्रमार्फत विवाद समाधान गर्नका लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu