Connect with us
Kapilvast Forest

एमाले र कमल थापाको पार्टीबीच तालमेल गर्न वार्ता समिति गठन

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

काठमाडौं – एमाले र राप्रपा नेपालबीच तालमेलका लागि वार्ता समिति बनाइएको छ । एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठ नेतृत्वमा वार्ता समिति बनाइएको छ ।

महामन्त्री श्रेष्ठले चुनावी तालमेलमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सहमति भइसकेको बताए । आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्रपा नेपालको प्रभाव रहेको दाबी गर्दै उनले यस्ता स्थानीय तह तथा वडाहरूमा चुनावमा भाग लिने तथा तालमेल गर्नेगरी छलफल भइरहेको बताए ।

‘एमालेसँग हाम्रो एलाइन्स हुन्छ’, श्रेष्ठले भने, ‘अध्यक्ष लेभलमा टुंगिसकेको छ । ओलीजी र कमल थापाबीच दुई–तीन राउण्ड कुराकानी भएर सहमति भइसकेको छ ।’ उनले थप विषयको टुंगो लगाउनका लागि वार्ता गर्न एमालेको तर्फबाट देवेन्द्र दाहाल र पार्टीको तर्फबाट आफूलाई जिम्मेवारी प्राप्त भएको श्रेष्ठले बताए ।

‘विगतमा एमालेले जहाँजहाँ जितेको छ त्यहाँ पार्टीले दाबी गर्दैन’, भागबण्डाबारे प्रारम्भिक तयारीबारे उनले भने, ‘हामीले (राप्रपा हुँदा) जहाँजहाँ जितेका छौँ त्यहाँ समस्या नै भएन । जहाँ अन्य पार्टीहरुले जितेका छन् र त्यहाँ रहेको हाम्रो संख्याको आधारमा दाबेदारी रहन्छ ।’

गत निर्वाचनमा पार्टीले ५९ वटा वडाहरू जितेको उल्लेख गर्दै ती स्थानमा पनि स्वाभाविक रुपमा पार्टीको दाबेदारी रहने बताए । यस्तै यसअघि राप्रपाले जितेका स्थानीय तहमा पनि दाबेदारी रहने उनको भनाइ छ ।

एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेलबारे सहमति गरेको खण्डमा दुई राप्रपालाई पनि मिलाउन पनि सकस गर्ने कतिपयको भनाइ छ । दुई पार्टीबीच सम्बन्ध राम्रो नरहेको र मत पनि विभाजित रहेकाले यस्तो अवस्था देखिएको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu