Connect with us
Kapilvast Forest

ग्यास विस्फोट हुँदा तीन बालबालिकाको मृत्यु

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

सिन्धुपाल्चोक — जिल्लाको बाह्रबिसे नगरपालिका वडा ८ मानेस्वाँरा माख्लो लामा टोल गाउँमा ग्यास सिलिन्डर पड्किएर घरमा आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ ।  बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा आगलागी हुँदा उहाँका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ । मीनबहादुर पनि घाइते भएको र उहाँको उपचारको लागि अस्पताल लगिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu