Connect with us
Kapilvast Forest

लुम्बिनी ट्रक यातायात व्यवसायी संघमा पुनः खरेल निर्वाचित

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

भैरहवा – लुम्बिनी ट्रक यातायात व्यवसायी संघ सिद्धार्थनगर भैरहवाको अध्यक्षमा पुनः विष्णुप्रसाद खरेल सर्वसम्मत निर्वाचित भएका छन् ।संघको १०औं साधारण सभा तथा पाँचौँ अधिवेशनबाट संस्थापक खरेल पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

 

त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा मधुसूदन आचार्य, प्रथम उपाध्यक्षमा सुनिलराज विष्ट, उपाध्यक्षमा विष्णुप्रसाद सुवेदी र महासचिवमा रुमाखर गौतम सर्वसम्मत चयन भएका छन् । महासचिव गौतम पनि पाँचौँ कार्यकालको लागि सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै सचिवमा बाल किसुन गुप्ता बानिया र सचिवमा सन्तराम पाण्डे निर्वाचित भएका छन् । सचिवका प्रत्याशी लीलाप्रसाद श्रेष्ठलाई पछि पार्दै बानिया र कोषाध्यक्षका प्रत्याशी वसन्त भट्टराईलाई पछि पार्दै पाण्डे निर्वाचित भएका छन् ।

 

सदस्यमा रबिन खरेल, झवीन्द्र कुमार चोखला, जगदिशप्रसाद चौधरी, कमलेश गौतम र बैजनाथ यादव निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।

 

निर्वाचित कार्यसमितिले आइतबार पदभार ग्रहण गरेका छन् । निर्वाचित अध्यक्ष खरेलले निर्वाचनसँगै आफूमाथि थप जिम्मेवारी आएको भन्दै सबै व्यवसायी सघं सहकार्य गरेर व्यवसायीको हकहितमा लाग्ने बताए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu