Connect with us
Kapilvast Forest

गणेशमान चारनाथकी उपमेयर र शहीद रामवृक्षका भाइ एमालेमा प्रवेश

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

काठमाडौं- धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् ।

सोही कार्यक्रममा माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj