Connect with us
Kapilvast Forest

कपिलवस्तुका दशै तहमा तालमेल गर्ने गठबन्धनको तयारी

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

कपिलवस्तु –सत्तारुढ गठबन्धनले कपिलवस्तुका सबै स्थानीय तहमा तालमेल गरेर जाने तयारी गरेको छ । सोमबार कपिलवस्तुको गोरुसिंगेमा बसेको गठबन्धनको बैठकले जिल्लाका १० वटै पालिकामा गठबन्धन गर्ने सहमति गरेको हो ।

नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाह को संयोजकत्वमा बसेको कांग्रेस, जसपा, एकीकृत समाजवादी र जनमोर्चा सहितको वैठकले २५ गते सबै दलले सहमतिको खाका सहित पुनः वैठक बसेर निष्कर्षमा पुग्ने निर्णय गरेको छ । केहि स्थानीय तहमा समस्याहरु भएपनि त्यसलाई विशेष पहल गरि मिलाउने गठबन्धनले सहमति गरेको हो ।

वैठकमा नेपाली कांग्रेसका सभापति अब्दुल कलाम मुसलमान, जसपा अध्यक्ष शैलेन्द्र कुमार यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष लंक बहादुर हमाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्यले जुनसुकै अवस्थामा गठबन्धनलाई थप मजबुत बनाएर लैजाने र वडा तह सम्मै मिलाउने निति तय गर्नुपर्नेमा जोड दिए ।

यसै गरि गठबन्धनको वैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य कमल चुदाँली, इसरार अहमद खाँ, केन्द्रिय सल्लाहकार रामलौटन तिवारी, रुद्रलाल बन्जाडे, नेपाली कांग्रेसका नेता तथा सांसद अतहर कमाल, बुद्धभूमी नगरपालिकाका मेयर केशव श्रेष्ठ, जसपा नेता नारायण खनाल, अब्दुल रसिद खाँँन, एकीकृत समाजवादीका क्षेत्र बहादुर खत्री लगायतका नेतृत्वहरुको सहभागिता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu