Connect with us
Kapilvast Forest

बाँकेको नरैनापुरमा आगलागी, १५ घरगोठ जलेर नष्ट

२०७८, २१ चैत्र सोमबारमा प्रकाशित

 

नेपालगन्ज– बाँकेको नरैनापुर गाउँपालिका–४ को कृष्णनगरमा भीषण आगलागी भएको छ ।आगलागीमा परेर करिब १५ घरगोठ र ४ वटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भोजपुरका इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमले दिएको जानकारीअनुसार वडा नम्बर ४ को घोडदौरिया नजिकैको कृष्णनगरमा सोमबार दिउँसो साढे ३ बजे आगलागी भएको हो । करिब डेढ घण्टापछि आगलागी नियन्त्रणमा आएको थियाे ।प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu